Skip to content
Prabhu

ईसेवा मनी ट्रान्सफर पाँचौं वर्षमा प्रवेश

 

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। सो रेमिट्यान्स कम्पनीले हाल संसारका २ सयभन्दा बढी मुलुकबाट ४५ वटाभन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ।

global
अर्घाखाँची सिमेन्ट

डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु १३ हजार ८ सय भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका१ लाखभन्दा बढी क्यास प्वाइन्ट, साथै इसेवा वालेटबाट सहजै उपभोक्ताहरुले ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेका छन्।

कार्य सञ्चालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको यस रेमिट्यान्स कम्पनीले आर्थिक वर्ष २०७९र८० मा रेमिट्यान्स भित्र्याउन एक महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा नेपाल राष्ट्र बैंकबाट पनि सम्मानित भएको छ ।

चौथो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत–अजेश कोइरालाले भने, ‘कार्य सञ्चालनको ४ वर्षमै ईसेवा मनि ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिष्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरूको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुसी र उत्साहित छौं। हाम्रो यस सफलताको श्रेय, म सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण शुभचिन्तकहरुलाई दिन चाहन्छु ।’

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal