Skip to content
Prabhu

सिटिजन लाइफको सेयर कारोबार फुकुवा

काठमाडौं । वैशाख २५ गतेदेखि रोक्का रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । सिटिजन लाइफले प्रिमियमबाट संकलन गरेको रकम बोनस सेयर दिने घोषणा गरेपछि नेपाल बिमा प्राधिकरणले सो लाभांश रोक्का गरेको थियो । लाभांश रोक्का गरेसँगै नेपाल स्टक एक्सचेन्जले कारोबार रोक्का गरेको थियो ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम १६(१) (ग) मा भएको व्यवस्था पालना नगरेकोले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सो कारोबार स्थगित गरेको नेप्सेको दाबी थियो।

लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्रमार्फत व्यक्त गरेपछि सिटिजन लाइफको कारोबार खुला गरिएको हो ।
इन्स्योरेन्सको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी वृद्दि गर्न २६.९८ प्रतिशतका दरले बोनस सेयर र १.४२ प्रतिशतका दरले अन्तरिम लाभांश वितण गर्ने निर्णय गरेको थियो।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal