Skip to content
Prabhu

शोधनान्तर ३ खर्ब ६५ अर्ब रुपैयाँले बचतमा, विदेशी सञ्चिति १४ अर्ब ३६ करोड डलर

काठमाडौं । देशबाट भित्रने भन्दा बाहिरिने रकम कम भएपछि शोधनान्तर ३ खर्ब ६५ अर्ब रुपैयाँले बचतमा गएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको तथ्यांक अनुसार शोधनान्तर.३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको छ ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई २०८० चैत मसान्तमा रु.१९११ अर्ब ८६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal