Skip to content
Prabhu

आइतबार नेप्से ८.२६ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब १२ करोड

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ८.२६ अंक बढेर १९७४.५० विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब १२ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ४९ हजार ७६४ पटकको कारोबारमा ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको ७८ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन श्रृजनशील लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको सेयरमूल्य १२४ रुपैयाँ ८० पैसा बढेर १ हजार ३७२ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। आज उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने युनाइटेड अजोड इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको मानुषि लघुवित्तको सेयरमूल्य यस दिन सर्वाधिक ५.४४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन साग्रिला डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको आज १० करोड ५० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक बढेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.६४ प्रतिशत बढेको छ। आज विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक २.४० प्रतिशत घटेको छ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal