Skip to content
Prabhu

प्रधानमन्त्रीद्वारा नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्यास

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीमा बन्ने सिग्नेचर पुलको सोमबार बिहान शिलान्यास गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले आज बिहान नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्यास गरेका हुन्। पुलले भरतपुर महानगरपालिका र पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका जोड्नेछ।

पुल ४ सय २० मिटर लामो र १२ मिटर लामो फराकिलो हुने सडक विभागले जनाएको छ। पुलमा चारवटा पिल्लर रहने सडक विभागको पुल महाशाखाले जनाएको छ । पुल अहिले रहेको पुलभन्दा उत्तरतर्फ रहने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal