Skip to content
Prabhu

अनलाइन सट्टेबाजीमा २ अर्ब १ करोडको कारोबार गर्ने अनिल ढुंगाना पक्राउ

 

काठमाडौं । अनलाइन सट्टेबाजी माध्यम वान एक्सबेट,जुवा ३६५ जस्ता अनलाइन बेटिङ वेभसाइटको प्रयोग गरी सट्टेबाजी जुवा खेलाइ २ करोड बढी रकम कारोबार गरेको आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

ढुंगानाले विभिन्न व्यक्तिहरुको नाममा रहेका बैंक तथा खाता र वालेटहरूमा खाता खोली २ अर्ब १ करोड बढी रकम कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनले आफ्नो परिचय परिवर्तन गरी अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्ड,भारतीय एचडीएफसी बैंकको चेकबुक,एटीएम कार्डलगायत एयरटेल कम्पनीको सिमकार्ड समेत प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal