Skip to content

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बिमाअन्तर्गतको १० लाख रकम हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाताअन्तर्गत दुर्घटनामा परी मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बिमा अन्तर्गतको १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ ।

बैंकको आर्दशनगर वीरगञ्जस्थित शाखामा खाता रहेका ग्राहक लालबाबुप्रसाद यादवको बाइक दुर्घटनामा मृत्युपश्चात उनकी श्रीमती शोभा यादवले गरेकोे दाबीअनुसार आइतबार उक्त बिमा रकम श्रीमती यादवलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

बैंकका चिफ बिजनेस अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दाबी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले न्यू स्मार्ट तलब खाताअन्त।्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बिमा, १ लाखसम्म अस्पताल भर्ना एंव औषधि उपचार बिमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्