Skip to content
Prabhu

सेयर कारोबार गर्दा लाग्ने ब्रोकर कमिसन घट्यो

काठमाडौं । सेयर कारोबार गर्दा आजदेखि ब्रोकरलाई दिनुपर्ने कमिसन घटेको छ ।

धितोपत्र बोर्डले आजदेखि लागू हुने गरेर ब्रोकर कमिसन घटाएको हो ।

५० हजारसम्मको कारोबारमा आजदेखि ०.३६ प्रतिशत कमिसन दिनपर्ने छ । यस्तै यस्तै ५० हजार भन्दा माथि ५ लाख सम्मको कारोवारमा ०.३३ प्रतिशत कमिशन लाग्ने छ । ५ लाखदेखि २० लाखसम्मको कारोवारमा ०.३१ प्रतिशत कमिसन लाग्ने छ ।

२० लाखदेखि १ करोडसम्मको कारोवारमा ०.२७ प्रतिशत कमिसन लाग्ने छ । १ करोडभन्दा माथिको जुनसुकैको कारोबारमा ०.२४ प्रतिशत कमिसन लाग्ने छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal