Skip to content
Prabhu

खराब कर्जा बढेपछि अभियान लघुवित्तको नोक्सानी बढ्यो

 

काठमाडौं । अभियान लघुवित्तको चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासमा नोक्सानी बढेको छ । गत वर्ष १ करोड २१ लाख ८० हजार रुपैयाँ रहेको खुद नोक्सानी यो वर्ष २ करोड २३ लाख ३३ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा बढेको र सञ्चालन नाफा घटेको कारण यस कम्पनीको नोक्सानी बढेको हो ।

यसअवधिमा अभियान लघुवित्तले २ करोड २३ लाख ३३ हजार रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको छ । खराब कर्जा ०.३१ प्रतिशत विन्दुले बढेर ४.९२ प्रतिशत पुगेको छ । यता, खुद ब्याज आम्दानी भने ७८.५१ प्रतिशतले बढेर ५ करोड ८६ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा अभियान लघुवित्तको चुक्ता पुँजी २५ करोड रुपैयाँ र जगेडा कोषमा ७ करोड २१ लाख १ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ९८ पैसा छ । प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ७८ पैसा छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal