Skip to content
Prabhu

सरकारको नीति कार्यक्रम ‘गरिनेछ’ ४१४ पटक दोहोरियो, विकास ६६ पटक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सबैभन्दा बढी दोहरिएको शब्द ‘गरिनेछ’ भएको छ । ‘गरिनेछ’ शब्द नीति कार्यक्रममा ४१४ पटक दोहरिएको छ ।

नीति तथा कार्यक्रममा ‘गरिनेछ’ पछि दोहरिने शब्दहरुमा तथा २५० पटक,गरी १२५ पटक,गर्न ११५ पटक दोहरिएका छन् ।

यस्तै विकास ६६,व्यवस्था ६६,लागि ६५ र सञ्चालन ६३ पटक दोहरिएका छन् । निर्माण ५८ र एवम् ५२ पटक दोहरिएका छन् ।

लगातार दुईवटा आएका शब्दहरुमा सञ्चालन गरिनेछ ४४ पटक,व्यवस्था गरिनेछ २८,व्यवस्था मिलाइने २६,कार्यक्रम सञ्चालन २६ पटक आएको छ । राष्ट्रपतिले माननीय सदस्यहरु २५ पटक भनेका छन् । विस्तार गरिनेछ २० पटक,विकास गरिने १९,कार्यान्वयनमा ल्याइनेछ १९,निर्माण गरिनेछ १३ पटक रहेको छ ।

राष्ट्रपतिको नीति कार्यक्रममा बढी आएका शब्द

लगातार आएका ३ शब्दमा सबैभन्दा बढी कार्यक्रम सञ्चालन गरिने २२ पटक,कार्यलाई तीव्रता दिइने १०,कार्यक्रम कार्यान्वयन गरिनेछ ८,पटक आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal