Skip to content
Prabhu

राष्ट्र बैंकले आजका लागि कति तोक्यो विदेशी मुद्राको भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९३ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६७ रुपैयाँ ३८ पैसा छ भने बिक्रीदर १६८ रुपैयाँ १४ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५५ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९९ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९८ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८ रुपैयाँ ५६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ रुपैयाँ ६५ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २८ पैसा र बिक्रीदर १२ रुपैयाँ ३३ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्रीदर १९ रुपैयाँ ३८ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७ रुपैयाँ १४ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ५० पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २२ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal