Skip to content
Prabhu

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको पहिलो साधारणसभा सम्पन्न, २० देशमा सञ्जाल विस्तार गर्ने

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघले सन् २०२५ सम्ममा कम्तीमा २० वटा देशमा सञ्जाल विस्तार गर्ने भएको छ । यही मे ११ मा सम्पन्न महासंघको वार्षिक साधारणसभाले सन् २०२३ देखि २०२५ सम्मका लागि नयाँ कार्यसमिति निर्वाचित गर्दै उक्त निर्णय गरेको हो । हाल महासंघले १० वटा देश अष्ट्रेलिया, अमेरिका, बेलायत, जापान, चीन, हङकङ, मध्यपूर्व,  मकाउ र क्यानडामा सञ्जाल विस्तार गरिसकेको छ ।
महासंघको वार्षिक साधारणसभाले स्वतन्त्रप्रताप शाह (अष्ट्रेलिया)को अध्यक्षतामा सन् २०२३/२०२५ का लागि अन्तर्राष्ट्रिय कार्यकारी समिति गठन गरेको छ । शाह महासंघका संस्थापक अध्यक्ष समेत हुन्।
साधारणसभाले वरिष्ठ उपाध्यक्षमा गोकर्ण ढकाल (हङकङ),  उपाध्यक्षहरुमा प्रकाश थापा (अमेरिका),  समिम अनवर (अष्ट्रेलिया), दिला खरेल (अष्ट्रेलिया), रमेश श्रेष्ठ (दुवई), पूर्ण पोखरिया (कतार), आकाश बन्जरा (हङकङ)लाई चयन गरेको छ ।
महासचिवमा दिपेन घले (हङकङ), सचिवहरुमा प्रदीप न्यौपाने (चीन), कुमार कार्की (साउदी अरेबिया), कोषाध्यक्षमा उषा गुरुङ (अष्ट्रेलिया), सह–कोषाध्यक्षमा ओम ज्ञवाली (चीन), प्रवक्तामा शम्भु कँडेल (अष्ट्रेलिया) चयन भएका थिए।
साथै कार्यकारी सदस्यहरुमा रजनीश भट्टराई(हङकङ), मनिषा श्रेष्ठ डंगोल (बेलायत), अमर सापकोटा (कतार),  विकास दाहाल (कतार), एमके पौडेल (अमेरिका), निराजन खत्री (दुवई)  र थकरबहादुर कार्की (दुवई) चयन भएका थिए।
साधारणसभाले एसिया प्यासिफिकको क्षेत्रीय अध्यक्षमा रुस्तम श्रेष्ठ (मकाउ), क्षेत्रीय अध्यक्ष यूरोपमा राजेन्द्र कँडेल (स्पेन), क्षेत्रीय अध्यक्ष मध्यपूर्वमा विकास शाही (दुवई), क्षेत्रीय अध्यक्ष उत्तर अमेरिकामा रोशन बुढाथोकी (अमेरिका)लाई निर्वाचिन गरेको छ ।
उद्यमीहरुको सशक्तिकरण गर्ने, उनीहरुलाई विभिन्न सञ्जालमा आबद्ध गराउने, उनीहरुको क्षमता विकास गर्ने, विभिन्न सम्मेलनमार्फत विचार आदानप्रदान गर्ने उद्देश्यले सन् २०२१ डिसेम्बर ३ तारिख काठमाडौँस्थित याक एण्ड यति होटलमा महासंघ स्थापना भएको थियो । महासंघले सन् २०२३ मा अलफ्ट  होटलमा अन्तर्राष्ट्रिय उद्यमी समिट आयोजना गरेको थियो । स्थापनायता महासंघले नीति तथा पैरवी सम्मेलन  गरिसकेको छ । साथै नेपाल चेम्बर अफ कमर्र्शका पदाधिकारी, नेपाली युवा उद्यमी फोरमका पदाधिकार, पूर्वअर्थमन्त्री जनार्दन  शर्मासँग भेट, चुनौती र अवसरसम्बन्धी वेभिनार, टक शोको आयोजनालगायतका काम गरिसकेको छ ।
महासंघले नेपाल र प्रवासी नेपाली ब्यबसायीको सम्बन्धमार्फत अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने, विशेष गरी विदेशमा रहेको नेपाली व्यवसायीहरुसँगको सम्बन्ध विस्तार गर्ने, व्यापार व्यवसाय बढाउने, विचार आदानप्रदान गर्ने, नेपालमा लगानीका सम्भावना पहिचान र सहजीकरण गर्ने लगायतका उद्देश्य लिएको छ ।
विभिन्न व्यावसायिक सञ्जालमार्फत सल्लाह तथा परामर्श प्रदान गर्दै आएको महासंघले स्टार्टअप संस्कृतिको सुरुआत गर्दै नेपाल र अन्तर्र्राष्ट्रिय  स्तरमा रहेका उद्यमिहरुलाई प्रोत्साहन  गर्दै लगानीको अवसर समेत सिर्जना गर्दै आएको छ । विभिन्न संघ तथा संस्थासँगको सहकार्यमा काम गर्दै आएको महासंघले माध्यमिक तहका विद्यालयका विद्यार्थीलाई युवा उद्यमीसँग सम्बन्धित जानकारी समेत उपलब्ध गराउँदै आएको छ । त्यसका साथै महासंघले नेपाली वस्तुको विश्वव्यापीरुपमा प्रचारप्रसार  समेत  गर्दै आएको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal