Skip to content
Prabhu

भासिएको १० महिनापछि बूढीतोला सडकखण्ड मर्मत गरिँदै

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिने भएको छ ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका इञ्जिनियर तारानाथ सिग्देलले सडकखण्ड मर्मतका लागि जीएसआई हटैराज जेभी निर्माण कम्पनीसँग छ करोडमा ठेक्का सम्झौता भएको जानकारी दिए । गत साउन २३ गते पहिरो गएपछि सडक झण्डै चार सय मिटर भासिएको थियो ।

सम्झौताअनुसार सडकमाथिको भाग कटान गर्ने र तलबाट आधुनिक पर्खाल निमार्णका साथै पानी निकास हुने गरी निर्माण गरिने इन्जिनीयर सिग्देल बताए ।

हाल भासिएको सो सडक सञ्चालनका लागि अस्थायी रूपमा मर्मत गरिए पनि सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ । राजमार्गको भ्यागुतेपानी, बूढीतोलालगायतका क्षेत्रमा वर्षातका बेला पटक–पटक पहिरो जाने गरेका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लामा हरेक वर्ष समस्या हुने गरेको छ ।

सोही सडकखण्डको भ्यागुतेपानीमा एक सय ५० मिटर सडक कालोपत्रका लागि ४० लाखमा ठेक्का सम्झौता भइसकेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal