Skip to content
Prabhu

सोलुखुम्बु पञ्चनका अग्निपीडितलाई आर्थिक सहयोग

सल्लेरी । सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनका अग्निपीडित परिवारलाई तीन लाख रुपैयाँ भन्दा धेरै आर्थिक सहयोग गरिएको छ ।

युवाहरुको सक्रियतामा विभिन्न व्यक्तिहरुबाट सङ्कलन गरिएको तीन लाख तीन हजार छ सय रुपैयाँ रकम अग्निपीडित परिवारलाई वडामा नै पुगेर हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दल केन्द्रीय सदस्य नवीन थापाको नेतृत्वमा सङ्कलन गरिएको उक्त रकम नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाले हस्तान्तरण गरे ।

आगलागीबाट घर गुमाएका पूर्णबहादुर भण्डारी, हस्ती माया राई, बुद्धि माया सार्कीको परिवारलाई नगद ५५÷५५ हजार रुपैयाँ, निशान्त राई, दिलकुमार राई र पारशमणि राईको परिवारलाई २५÷२५ हजार रुपैयाँ प्रदान गरिएको अभियान्ता नवीन थापाले जानकारी दिए ।

यस्तै गोठ घाँस तथा पशु क्षति भएका कालेबहादुर अधिकारीलाई १० हजार, सेतिदेवी कार्की, वुद्धिबहादुर कार्की, लाखधन राई र वसन्त राईलाई नगद पाँच÷पाँच हजार रुपैयाँ प्रदान गरिएको छ । आगलागी नियन्त्रणको क्रममा घाइते भएका
सनबहादुर सार्कीलाई पाँच हजार र हिराबहादुर विश्वकर्मालाई चार हजार रुपैयाँ प्रदान गरिएको संयोजक थापाले बताए।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौला र वडाध्यक्ष इन्द्रमणि दाहालको पनि उपस्थिति रहेको थियो । गत वैशाख १८ गते जङ्गलको डढेलो बस्तीमा प्रवेश गर्दा पञ्चनमा १० घरसहित गोठ तथा मतान जलेर नष्ट भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal