Skip to content

गिरीबन्धु टी–इस्टेटमा ओलीजी आफू निर्णय गर्नुहुन्छ, कांग्रेसलाई दोष दिनुहुन्छः देउवा

nabil bank

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी–इस्टेटको जग्गा बिक्री कांग्रेसका पालामा नभएको बताएका छन्।

सभापति देउवाले काठमाडौंमा बिहीबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै नेकपा (एमाले) को सरकारका पालमा गिरीबन्धुबारे निर्णय भएको बताए।

‘ओलीजीले बोलेको भनेर बाहिर आएको छ। अदालतले फैसला गरेपछि गिरीबन्धु टी–इस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर। आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ,’ देउवाले भने, ‘कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि ! त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ। अदालतले उनलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ।’

उनले त्यसबेला गिरिजाप्रसाद कोइराला र आफू प्रधानमन्त्री बनेको भन्दै गिरीबन्धुबारे केही निर्णय नभएको पनि बताए। ‘ओलीजीले यस्तो कुरा बोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो,’ देउवाले भने।

एमाले संसदीय दलको बुधबारको बैठकमा ओलीले गिरीबन्धु टी–इस्टेटका सन्दर्भमा अदालतको आदेशअनुसार कानुन बनाउँदा कसरी अपरिपक्व भयो भनेर टिप्पणी गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime