Skip to content
Prabhu

कुन विदेशी मुद्राको कति तोकियो आजका लागि भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ०९ पैसा छ भने बिक्रीदर १६८ रुपैयाँ ८५ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४७ रुपैयाँ २२ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८९ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ २२ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९९ रुपैयाँ २६ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८ रुपैयाँ ६० पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३ रुपैयाँ ६६ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ३२ पैसा र बिक्रीदर २८ रुपैयाँ ४५ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८५ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७ रुपैयाँ १५ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ८३ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५५ रुपैयाँ १९ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal