Skip to content
Prabhu

आन्तरिक राजस्व कार्यालयद्वारा २ अर्ब ३८ करोड राजस्व संकलन

झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ३८ करोड २३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा १ अर्ब २१ करोड ११ लाख ८० हजार रुपैयाँ आयकर बापत, ३१ करोड ९७ लाख ६४ हजार रुपैयाँ अन्तःशुल्कबापत र मूल्य अभिवृद्धि करबापत ८४ करोड ७६ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको हो । कार्यालयले निर्धारण गरेको लक्ष्यभन्दा रु ५१ करोड २३ लाख ५७ हजार कम संकलन भएको छ ।

उद्योग– व्यापारमा आएको मन्दीका कारण लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको कार्यालयका प्रमुख काफ्लेले बताए । झापामा ठूला करदाता मित्तल, मनसा र सन्राइज सिमेन्ट उद्योग कोरोना महामारीपछि बन्द छन्भने व्यापारिक कारोबार सुस्त हुँदा राजस्व संकलनको लक्ष्य प्रभावित भएको उनले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal