Skip to content
Prabhu

सुन र चाँदी दुवैको मूल्यमा पुनः नयाँ रेकर्ड, सुन तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुन १ लाख ३९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला मूल्य १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३९१ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal