Skip to content

आइएमई लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न जेठ २८ गते बोलायो साधारणसभा

 

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न सातौं वार्षिक साधारणसभा जेठ २८ गते आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रालि भाटभटेनी, नक्सालमा बोलाएको छ। गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले जेठ २८ गते सभा बोलाएको हो ।

सो सभाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रताव पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि इन्स्योरेन्सले जेठ १४ गते बुकक्लोज गर्ने भएको छ। यसअनुसार जेठ १३ गतेसम्म नेप्सेमा कारोबार भर्इ कायम सेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life