Skip to content

नेरुडे मिर्मिरे लघुवित्तको सयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  सूचीकृत भएको छ। आज  नेप्सेमा लघुवित्तको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर  सूचीकृत भएको हो।

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था साविकको नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भइ बनेको संस्था हो। नेरुडे र मिर्मिरे लघुवित्त १ बराबर १ अनुपातमा मर्ज भएका हुन्।

सूचीकरणपश्चात पहिलो कारोबारको लागि नेप्सेले लघुवित्तको सेयरलाई ५८७ रुपैयाँ ८६ पैसाको ओपनिङ्ग प्राइस तोकेको छ। यसअनुसार आइतबारदेखि सोही मूल्यका आधारमा लघुवित्तको सेयर कारोबार गर्न सकिनेछ। लघुवित्तलाई नेप्सेले एनएमएलबीबीएल स्टक टिकर प्रदान गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life