काठमाडौं । अनलाइन सपिङ साइट ‘सस्तोडिल’ बन्द भएको करिब ५ महिना हुनलाग्यो । माघ १ देखि कम्पनीको फेसबुकमा केहीपनि अपटेड छैन । अर्को अनलाइन सपिङ साइट ‘ग्यापु’ बन्द भएको ५ महिनाभन्दा बढी भइसक्यो । केही महिना अगाडि अनलाइन सपिङ साइट ‘दराज’ले ३ सय जना कर्मचारीलाई कामबाट निकाल्यो ।
डिजिटल प्रणालीको विकाससँगै बढ्ने अपेक्षा गरिएको अनलाइन सपिङहरुको व्यापार ओरालो लागेको यसले संकेत गर्छ । नेपालमा व्यापार व्यवसाय ओरालो छ । अहिले प्रमुख सहरहरुका चोकहरुमा सटर भाडामा मात्र देख्न पाइन्छ । सटर खाली हुनुको पछाडि एउटा कारणको रुपमा पछिल्लो समय फस्टाएको अनलाइन सपिङ साइटलाई एउटा कारणको रुपमा मानिएको थियो ।
कोभिडपछि नेपालमा अनलाइन सपिङ साइट सञ्चालन हुने क्रम निकै बढ्यो । स्थापित व्यवसायिक घरानाले समेत अनलाइन साइट ल्याएपनि खासै चल्न सकेन । डिपोर्टमेन्ट स्टोर भाटभटेनीले कोभिडको समयमा अनलाइनमा डेलिभरी सहितको काम गरेपनि चल्न सकेन । यस्तै निम्बस ग्रुपले शुरु गरेको अनलाइन सपिङ शुरु पनि चलेन । पेमेन्ट गेटवेको कम्पनी इसेवाले शुरु गरेको इसेवा पसल १ वर्षपनि चल्न नसकेर बन्द भयो । सञ्चारमाध्यमहरु कारोबारले शुरु गरेको कारोबार र कान्तिपुरले शुरु गरेको अनलाइन सपिङ साइटपनि बन्द भयो । यस्तै पछिल्लो समय आएको मुकुण्डो पनि खासै चल्न सकेन ।
नेपालमा सन् २०१० देखि ठमेल डटकपबाट अनलाइन सपिङ साइट शुरु भएको हो । विदेशमा बस्ने नेपालीले नेपालीलाई केन्द्रीत गरेको मुन्चापनि अहिले खासै चलेको छैन । यस्तै बस्ने आफन्त तथा साथीभाईलाई सामान
हरिलो डट कम, ई झोला डट कम, भाटभटेनी अनलाइन डट कम, थ्रिडपेन्ट्स डटकम, उपहारहरु डटकम, सपमान्डु डटकम,सपिङनेपाल डटकम, नेपाली बजार डटकम, पसल डटकम, आइसप नेपाल डटकम, किनमेल डटकम, रोजेको डटकम खासै चल्न सकेनन् ।
पछिल्लो समय बजारमा मागमा आएको कमीको कारण अनलाइन सपिङ साइटहरु चल्न नसेको यो क्षेत्रका लगानीकर्ताहरुको अनुभव छ ।
अनलाइन सपिङका प्रयोगकर्ताहरु बढी युवापुस्ता थिए । पछिल्लो २ वर्षमा बैदेशिक अध्ययन तथा रोजगारीको लागि युवा पुस्ता पलायन भयो । जसको असर अनलाइन सपिङ साइटहरुमा परेको हो । “अनलाइन सपिङ गर्ने युवा पुस्ता विदेश पलायन भयो,जसले गर्दा माग घट्यो,”हालैमात्र अनलाइन सपिङ साइट बन्द गरेका एक लगानीकर्ताले भने,“बजारमा स्थापित भएका र भेन्चर क्यापिटलबाट फण्ड ल्याएका कम्पनी बन्द भएपनि सानो लगानीका कम्पनी बन्द हुने नै भए।”
प्रतिक्रिया दिनुहोस्