Skip to content
Prabhu

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्रे

गोरखा । गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्रे गरिएको हो ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले चार करोड ११ लाख ५६ हजार रुपैयाँको लागतमा कट्टेलचोक–आमाडाँडा सडकखण्ड कालोपत्रे  गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेशप्रसाद सुवेदीले जानकारी दिए । गत वैशाखमा सडक कालोपत्र थालिएको हो ।

गोरखा नगरपालिका–८ र ९ जोड्ने उक्त सडकखण्ड २०५५ सालमा निर्माण गरिएको थियो । सडक कालोपत्र गरिएपछि जनजीवन सहज भएको स्थानीय शान्ता कट्टेलले बताए । ‘सडक कालोपत्रे नहुँदा वर्षौंदेखि कच्ची सडकमा बर्खामा हिलो र हिउँदमा धुलोले हैरानी खेप्दै आएका थियौँ’, उनले भने । पक्की सडक निर्माणपछि कृषिउपज बजारसम्म पुर्याउन सहज भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal