Skip to content

काठमाडौं महानगरले गौशाला क्षेत्रका घरटहरामा चलायो डोजर

nabil bank

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काएको छ।
आइतबार बिहानैदेखि गौशाला क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले डोजर चलाएको हो।

महानगरका प्रवक्ता नवीन मानन्धरले अतिक्रमण गरी बनेका घरटहरा भत्काइएको जानकारी दिए। उनकाअनुसार महानगरले यसअघि नै सूचना जारी गरेर अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउने जानकारी दिएको थियो।

‘अतिक्रमण गरेर बनाइएका घरटहरा आफैं भत्काउनुहोस् भनेर १० दिनअघि सूचना नै नकािलेका थियौं,’ उनले भने।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi