Skip to content
Prabhu

सानिमा बैंकको ४९ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता न्यूनतम मूल्य १ सय ४५ रुपैयाँ

nabil

 

काठमाडौं । सानिमा बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सो सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय ४५ रुपैयाँ रहेको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा बैंकले कानुनबमोजिम अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal