Skip to content

सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, सदनदेखि सडकसम्म मोर्चाबन्दी

nabil bank

 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित पाँचवटा विपक्षी दलले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिकाप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभा भएको नाराबाजीका बीच सभामुखले नियमावलीको धज्जी उडाउने गरी बैठक सञ्चालन गरेको विपक्षी दलको ठहर गरेको हो । सभामुखको यस्तो कार्य एमालेको कार्यकर्ताको जस्तो देखिएको संसद भवन नयाँ बानेश्वरमा केहीबेरअघि सम्पन्न बैठकपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

बैठकले सहकारी ठगीको बारेमा छानबिन समिति नबनेसम्म संसद्भित्रको लडाइँ जारी राख्ने निर्णय गरेको छ। यस्तै सरकारले संसद् बन्द गरे विपक्षी दल सडकमा पनि मिलेर जानेबारेमा आवश्यक निर्णय भएको शाहीले जानकारी दिए ।
प्रतिपक्षी दलको अवरोधका बीच प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi