Skip to content
Prabhu

कांग्रेसको नाराबाजी पछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजी पछि संसद बैठक स्थिगित भएको छ । कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेको अवस्थामा सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थिगित गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक सुरु भएपछि कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उठेका थिए । उनीहरुले आफूहरुले दलको तर्फबाट बोल्न पाउनुपर्ने बताएका थिए । तर सभामुखले नियमित कार्यसूचीमा लैजान खोजेपछि कांग्रेस सांसदहरु वेलमा आएर नाराबाजी गरेका हुन् । आजको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal