Skip to content
Prabhu

प्रधानमन्त्रीभन्दा गृहमन्त्रीको सम्पत्ति बढी, धनी मन्त्रीमा रघुबीर महासेठ, रास्वपामा 
डोरप्रसाद पैसावाल

काठमाडौं । सम्पत्ति विवरण गोप्य राखेर आलोचना खेपेको सरकारले यसलाई
सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चारपटक विश्वासको मत लिएपछि सम्पत्ति
विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमा सार्वजनिक गरेका
हुन् ।

सम्पत्ति विवरणअनुसार सबैभन्दा धनी मन्त्रीमा भौतिक योजना तथा निर्माणमन्त्री
रघुबीर महासेठ देखिएका छन् ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको सम्पत्ति ९
बिघाभन्दा बढी जग्गा, २ करोड २५ लाख रुपैयाँ नगद, ४३ तोला सुन र विभिन्न
बैंकमा साढे ३ करोड रुपैयाँको सेयर रहेको छ ।

महासेठको जनकपुर र काठमाडौंमा घर रहेको छ ।

जनकपुरका ३ कठ्ठा क्षेत्रफलमा
फैलिएको साढे २ तले घर रहेको छ । महासेठले २०५५ सालमा खरिद गरेको उक्त
घर जुलिकुमारी महत्तोको नाममा रहेको छ । महत्तोकै नाममा ललितपुरमा २
रोपनी १३ अनामा २०५६ सालमा जग्गा खरिद गरेर बनाएको साढे २ तले अर्को पनि
छ ।

महासेठले श्रीमतीको नाममा धनुषामा ७ बिघा ३ कठ्ठा, सिन्धुलीमा ४ कठ्ठा,
ललितपुरमा १ रोपनी ७ आना, धनुषामै ३ कठ्ठा जग्गा किनेका छन् । महासेठको
नाममा १ बिघा १५ कठ्ठा जग्गा छ ।

सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ
रहेको उल्लेख गरेका छन् ।

प्रतिनिधिसभा सदस्यको हैसियतमा पाएको २५ लाख
रुपैयाँ एभरेस्ट बैंकमा रहेको प्रचण्डले देखाएका छन् । यस्तै सीता
दाहालको नाममा चितवनको भरतपुर १४ मा १४ कट्ठा जग्गा रहेको, सीताकै नाममा
भरतपुर १२ मा १ कट्ठा अंशबाट प्राप्त भएको उनले जनाएका छन् ।

गृहमन्त्री रवि
लामिछानेको हाल काठमाडौं महानगरपालिका वडा नम्बर ६ स्थायी घर भएका
गृहमन्त्री लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन् ।
यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंकमा १ लाख ५
हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् ।

 

यस्तै, श्रीमती
निकिता पौडेलको माइतीको संगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २०
केजी चाँदी, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत सेयर रहेको उल्लेख
गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ ।

यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति
विवरण पेस गरेका छन् । अर्थमन्त्री वर्षमान पुनसँग बैंक खातामा ३३ लाख ७० हजार रहेको छ । पैतृक
सम्पत्ति रोल्पामा रहेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठसँग घर नभएपछि करोडभन्दा बढी रकम बैंकमा निक्षेप र
सुन चाँदी र गहना देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग ४ ठाउँमा जग्गा
रहेको छ ।

मन्त्री तामाङको नाममा नुवाकोटको पञ्चकन्यामा ७ रोपनी १५ आना
हाराहारीमा जग्गा छ । यस्तै शिवमाया तामाङको नाममा पनि नुवाकोटमा २ ठाउँ
र काठमाडौंको टोखामा एक ठाउँमा जग्गा रहेको उल्लेख छ ।

यस्तै, ७–८ तोला चाँदी, ७ लाख सुन र केही नगद चल सम्पत्तिको रूपमा रहेको उनले
उल्लेख गरेका छन् । यसबाहेक तलब भत्ताबाट प्राप्त ७ लाख ५० हजार रुपैयाँ बैंकमा
रहेको पनि उनले उल्लेख गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal