Skip to content
Prabhu

अमेरिकी डलर र यूरोको भाउ घट्दा पाउण्डको बढ्यो, अन्यको कति छ भाउ आज ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०० पैसा र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९ रुपैयाँ १२ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४६ रुपैयाँ २३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८९ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ९८ रुपैयाँ ०४ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९९ रुपैयाँ २१ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८ रुपैयाँ ५५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४६ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ रुपैयाँ ६८ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३७ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ३४ पैसा र बिक्रीदर २८ रुपैयाँ ४७ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२ रुपैयाँ ५३ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९ रुपैयाँ ४५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७ रुपैयाँ १२ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३६ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४० पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal