Skip to content
Prabhu

आईपीओको हाराहारीमा वाणिज्य बैंकको सेयर

 

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएका ‘क’ वर्गका बाणिज्य बैंकहरुको मूल्य साधारण सेयर (आईपीओ) कै हाराहारीमा पुगेको छ । धेरै वाणिज्य बैंकहरूको सेयर मूल्य अहिले २ सय रूपैयाँ भन्दा कममा झरेको हो । केही बाणिज्य बैंकको सेयर मूल्य त १५० रुपैयाँ भन्दा पनि कममा पुगेको छ ।

सञ्चालनमा रहेका २० वटा बैंक मध्ये राष्ट्रिय बाणिज्य बैंक बाहेक सबै बैंकहरुको सेयर नेप्सेमा सूचीकृत छ । १९ वटामध्ये ९ वटा बैंकको सेयर मूल्य २०० भन्दा कम रहेको छ । मंगलबारको सेयर कारोबार बन्द हुँदा बाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम सेयर मूल्य भएको बैंकमा कुमारी बैंक रहेको छ । कुमारी बैंकको सेयर मूल्य १४६ रुपैयाँ रहेको छ । त्यस्तै २०० रुपैयाँ भन्दा कम सेयर मूल्य भएका बैंकमा प्रभु बैंकको १५१ रुपैयाँ रहेको छ । त्यस्तै सिटिजन्स बैंक इन्टरनेशनल बैंकको सेयर मूल्य १७४ रुपैयाँ ८ पैसा रहेको छ ।

त्यस्तै २०० भन्दा कम सेयर मूल्य भएका बैंकमा ग्लोबल आइएमी बैंकको १८८ रुपैयाँ, हिमालयन बैंकको १९३ रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १६८ रुपैयाँ ५ पैसा र माछापुछ्रे बैंकको १८२ रुपैयाँ ३ पैसा रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको सेयर मूल्य १६६ रुपैयाँ र एनएमबी बैंकको १८९ रुपैयाँ रहेको छ ।

सञ्चालनमा रहेका १९ वटा बाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै सेयर मूल्य भएको बैंक स्टाण्र्डर्ड चार्टड बैंकको रहेको छ । जसको सेयर मूल्य ५८४ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै एनआईसी एसिया बैंकको सेयर मूल्य ४२९ रुपैयाँ ५ पैसा र नबिल बैंकको सेयर मूल्य ४८० रुपैयाँ ९ पैसा रहेको छ । त्यस्तै कृषि विकास बैंकको सेयर मूल्य २६१ रुपैयाँ ५ पैसा, एभरेष्ट बैंकको ५४१ रुपैयाँ ९ पैसा र नेपाल बैंक लिमिटेडको २२२ रुपैयाँ ८ रुपैयाँ रहेको छ ।

त्यस्तै प्राइम कमर्सियल बैंकको सेयर मूल्य २०७ रुपैयाँ, नेपाल एसबीआई बैंकको ३०० रुपैयाँ, सिद्धार्थ बैंकको २५० रुपैयाँ ७ पैसा र सानीमा बैंकको २६२ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal