Skip to content
Prabhu

सिरोहियाबारे प्रधानमन्त्रीको प्रतिक्रियाः अदालती प्रक्रियाबाट निर्दोष भई सजिलै छुट्नुहुन्छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया अदालती प्रक्रियाबाट निर्दोष भइ सजिलै छुट्ने प्रतिक्रिया दिएका छन् ।

आज चन्द्रागिरीमा पत्रकारहरुको प्रश्नमा उनले सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको पनि बताए । “यो अदालती प्रक्रिया हो भन्ने बुझेको छु, धेरै हल्ला गर्र्न जरुरी छैन, उहाँसँग सरकारको कुनै पनि रिसिइबी छैन, यो हल भइपनि हाल्छ”, उनले भने ।

प्रहरीले नागरिकता कीर्ते अभियोगमा मंगलबार साँझ सिरोहियाललाई पक्राउ गरी धनुषा लगेको थियो । आज उनलाई धनुषा जिल्ला अदालतमा लगिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal