Skip to content
Prabhu

मागेको मन्त्रालय नदिएको भन्दै बहिष्कार गरेका शाहलेले लिए कृषि मन्त्रीको शपथ

 

काठमाडौं । सामान्य मन्त्रालयको जिम्मेवारी दिएको भन्दै शपथ ग्रहण बहिष्कार गरेका एमाले नेता विनोद कुमार शाहले सोही मन्त्रालयको जिम्मेवारी लिएका छन् । यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लिन अस्वीकार गरेका शाह अन्ततः सोही मन्त्रालयको जिम्मेवारीमा पुगेका हुन् ।

शाहले बुधबार प्रदेश प्रमुखको कार्यालयमा भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री कँडेलले १८ वैशाखमा एमालेबाट ३ र सत्तारुढ दल माओवादी केन्द्रबाट ३ गरी ६ जना मन्त्री नियुक्त गरेका थिए । तर, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका एमाले नेता शाहले कँडेलले एकलौटी गरेको र पार्टी केन्द्रको निर्देशन विपरीत आफूलाई सामान्य मन्त्रालय दिएको भन्दै शपथ बहिष्कार गरेका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal