Skip to content
Prabhu

किन भयो १२७ वर्ष पुरानो गोदरेज परिवारको व्यवसायिक विभाजन ?

एजेन्जी । दशकौँदेखि जुन कम्पनीको दराज विवाहको दाइजोको अभिन्न अंग बन्यो, जुन कम्पनीले बनाएको सन्दुकमा करोडौँ मानिसहरुले सम्पत्ति राख्दा ढुक्कले निदाउन सक्छन्, जुन कम्पनीको डाइले कपाल फुलेका वृद्धालाई जवान बनायो र जुन कम्पनीले साबुन बनाउन अहिंसाको बाटो रोज्दै जनावरको छाला प्रयोग गरेन त्यो कम्पनीको परिवारले यतिबेला विभाजनको बाटो रोजेको छ ।
भारतको स्वतन्त्रता अघिदेखि हालसम्म निरन्त भारतीय र अन्तर्राष्ट्रिय बजारमा राज गरिरहेको भारतीय कम्पनी गोदरेजको परिवारले व्यवसायलाई दुई हिस्सामा विभाजन निर्णय गरेको छ । १२७ वर्षदेखि निरन्तर व्यवसायमा केन्द्रित यो परिवारले ढोकामा लगाउने तालादेखि स्याटेलाइटसम्म बनाएको गर्विलो इतिहास पनि बोकेको छ । तर यो परिवार अब दुई क्षेत्रमा विभाजन हुन लागेको छ ।
आफ्नो आमाको शरीरबाट रगत बगिरहेको देख्नुभयो भने के तपाईंले आमालाई एक्लै छाड्नुहुन्छ र उसको जीवनको योगदानबाट आनन्द लिनसक्छुहुन्छ ? सन् १९२७ अप्रिल २७ मा हेराल्डलाई दिएको अन्तरवार्तामा गोदरेजका संस्थापक आरदेसर गोदरेजले भनेका थिए । उनको यो शब्दमा देशभक्ति झल्कन्छ । उनले सन् १९०६ मा भएको भारतीय कांग्रेसको अधिवेशनमा लोकमान्य गंगाधरलगायतका स्वतन्त्र सेनानीहरुले ब्रिटिस सामान प्रयोग नगर्ने घोषणा गर्दा उनले जनावरको छाला बिनाको साबुन उत्पादन सुरु गरेका थिए ।
तत्कालीन समयमा यो साबुन निकै मन पराइयो । त्यसपछि अर्को वर्ष नयाँ साबुन पनि आयो । जुन साबुन आजसम्म पनि चलिरहेको छ ।  भारतको स्वतन्त्रताको लडाइमा गोदरेजको योगदान पनि भूमिका थियो । गोदरेजले बतनी नामक साबुन उत्पादन गरी ब्रिटिसको सांकेतिक  विरोध  गरेको थियो ।
आरदेसर जब पूर्वी  अफ्रिकाको जन्जिबारमा वकिलका रुपमा काम गर्दा सफलता नपाएपछि भारत पुगेका थिए । मुम्बई आएपछि जागिर गर्दा सफलता नआएपछि उनले  अपरेसनका औजार बनाउने काम सुरु गरेपनि उनले त्यसपछि ताला बनाउने काम सुरु गरेका थिए । उनको जन्म भारतको मुम्बईमा पारसी परिवारमा जन्म भएको थियो । उनले सुरुमा ताला कम्पनी  बनाए जुन उनको सफलताको चाबी बन्यो । त्यसपछि बनेको गोदरेज दराज निकै मन पराइयो । त्यसपछि दराजमा सुरक्षालाई कसरी ध्यान दिने भन्ने विषयले महत्वपूर्ण पायो । तत्कालीन समयमा चुनावी मतपत्र राख्ने साधन पनि गोदरेजको उत्पादन नै बन्यो ।
कम्पनीले सिन्थोल साबुन उत्पादन गर्यो भने पछि पहिलो भारतीय टाइपराइटर पनि बनाउने श्रेय बनाउने पनि उनकै नाममा छ । सन् १९५८ फ्रिज, १०७४ मा हेयरकलर बनायो । कम्पनीले जे उत्पादन गर्दथ्यो त्यो बजारमा निकै मन पराउन थालियो । जे बनाए पनि त्यो पर्याय हुन थालिसकेको थियो । कम्पनीले १९९० मा कारोकार घरजग्गाको कारोबार सुरु गरेको थियो सन् १९९९१ मा कृषि क्षेत्रमा काम गर्नका लागि गोदरेज एग्रोभेट कम्पनीको स्थापना र १९९४ कम्पनीले लामखुट्टेबाट छुटकारा पाउनका लागि गुडनाइट प्रडक्ट ल्यायो । जुन  अहिले पनि बजारमा निकै बिक्री हुनेमध्येमा पर्छ । सन् २००५ मा रिटेल कम्पनी सुरु गर्यो भने सन् २००७ मा दुई चाबी भएको प्रडक्ट र सन् २००८ मा भारत चन्द्रयान बनाएर चन्द्रमामा मानवरहित यान पठाउने काममा पनि गोदरेजको योगदान थियो । सन् २००९ मा मुम्बई गोदरेज प्लानेट अपार्टमेन्ट बनाएको थियो । कम्पनीले भारतमा मात्रै नभइ विभिन्न देशमा पनि आफ्नो सफल व्यापार विस्तार गरिसकेको छ ।
तर यो कम्पनी अब दुई भागमा विभाजन हुनेछ । आदी गोदरेज र नादिर गोदरेज दुई भाइले शेयरबजारमा सूचीकृत केही कम्पनी आफूसँग राखेका छन् । जसमा गोदरेज इन्डस्ट्रिज अन्तर्गत गोदरेज इन्डस्ट्रिज, गोदरेज कन्जुमर प्रडक्ट, गोदरेज प्रपर्टिज, गोदरेज एग्रोभेट र एसटेक लाइफ साइन्सेज कम्पनी छन् ।
शेयरबजारमा सूचीकृत नभएका कम्पनीहरु जमसेद गोदरेज र स्मीताका नाममा छ । दुवैलाई सहयोगी कम्पनी, मुम्बईमा घरजग्गा, मम्बईमा ३४सय एकड जमिन, गोदरेज इन्टरप्राइजेजमा गोदरेज इनभाइस, एरोस्पेसललगायतका कम्पनी पाएका छन् ।
गोदरेज परिवारले आपसी सम्मान र सौहार्द सम्बन्ध  बनाइराख्नका लागि एउटा परिवारिक सम्झौता हुनेछ । साथै आगामी दिनमा सँगै अगाडि बढ्ने पनि जारी राख्ने सहमति गरेका छन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal