Skip to content
Prabhu

सिटीजन्स बैंकको ‘खुत्रुके’ योजना, सुरक्षित बचतसँगै भविष्यको सारथी

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नलले ग्राहकहरुका लागि बम्पर योजना ल्याएको छ । बैंकले ग्राहकहरुको रकम सुरक्षित राख्न ‘खुत्रुके’ योजना ल्याएको हो ।

घरको खुत्रुकेमा पैसा जम्मा गर्दा हराउने र चोरी हुने जोखिम बढी हुने बैंकले जनाएको छ । यसका लागि आफ्नो रकम सुरक्षित राख्न सिटिजन्स बैंक उपयुक्त हुने बैंकले एक भिडियो सन्देशमार्फत जानकारी दिएको छ । भिडीयोमा एक व्यक्ति जसले लामो समयदेखि खुत्रुकेमा जम्मा गरेको रकमले पोखरा घुम्न जाने, राम्रो जिन्स पाइन्ट लगाउने कपडा लगाउने योजना बनाउँछन् । तर, उनलाई सिटिजन्स बैंकमा लगेर जम्मा गर्ने विचार आउँछ ।

यस बैंकमा रकम बचत गर्दा हराउने र चोरी हुने डर नहुनेसमेत बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले हालसम्म देशैभरि रहेका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग एकाइहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal