Skip to content
Prabhu

लक्ष्मी सन्‌राइज बैंकको अगुवाईमा सुपर बागमती हाइड्रोपावरमा लगानी गर्ने सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर लिमिटेडबीच सम्झौता भएको छ ।

उक्त कम्पनीले ललितपुर र मकवानपुर जिल्लास्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको हो ।

सो आयोजनाको कूल लागत ९ अर्ब २८ करोड रुपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । सुपर बागमती हाइड्रोपावरले माघ १२, २०७८ मा विद्युत विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत उत्पादनको अनुमति पत्र लिएको थियो ।

यस्तै, असार २५, २०८० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्वकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लि र एएनके कन्स्ट्रकशन रहेका छन् । सो परियोजना निमार्णको लागि लक्ष्मी सन्‌राईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रव कर संस्थापकहरुको लगानी रहने छ ।

सो परियोजनामा लक्ष्मी सनराइज बैंकको कर्जा प्रतिवद्धता ३.४ अर्ब रहेको छ । सहवित्तीयकरणमा सहभागी अन्य बैंकमध्ये सह–अगुवा एभरेष्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेसनलको १ अर्ब लगानी रहेको छ । सो आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र उर्जा उत्पादकको मध्येको ठूलो परियोजनाको रुपमा रहने विश्वास लिइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal