Skip to content
Prabhu

बोटलर्स नेपालका दुई कम्पनी नाफामा उच्च गिरावट

 

काठमाडौं । बोटलर्स नेपालका दुई कम्पनीको नाफामा उच्च गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वितीय विवरणअनुसार बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको मुनाफामा उच्च गिरावट आएको हो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनाको अवधिमा बोटलर्स नेपाल लिमिटेडले ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.१० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४० करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब २१ करोड ८४ लाख रुपैयाँबाट घटेर ७ अर्ब १८ करोड ४३ लाख रुपैयाँमा झरेको छ । त्यस्तै, कम्पनीको कुल नाफा २ अर्ब २८ करोड ७५ लाख रुपैयाँबाट घटेर २ अर्ब ४ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार नाफासँगै प्रतिशेयर आम्दानी समेत घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २७५ रुपैयाँबाट घटेर २४ रुपैयाँमा पुगेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बोटलर्स नेपाल (तराई) लिमिटेडले नाफामा पनि २७.५८ प्रतिशतले गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ९९ करोड ४० लाख रुपैयाँबाट घटेर ५ अर्ब ८१ करोड ३६ लाख रुपैयाँमा झरेको छ । त्यस्तै, कम्पनीको कुल नाफा १ अर्ब ५८ करोड २६ लाख रुपैयाँ बढेर १ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा भने ५८ करोड ८८ लाख रुपैयाँबाट घटेर ४८ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal