Skip to content
Prabhu

हिम पर्वत हाइड्रोपावरको साधारणसभा जेठ २७ मा, आईपीओ निष्कासन मुख्य एजेण्डा

 

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारितका लागि जेठ २७ गते विशेष साधारण सभा बोलाएको हो ।

कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २७ गतेका लागि विशेष साधारण सभा बोलाएको हो । सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

यसैगरी, सभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने तथा पुँजी संरचनामा परिवर्तन एवं अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal