Skip to content

मधेस प्रदेशः १० महिनामा करिब १९ प्रतिशत खर्च

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा १८.८ प्रतिशतमात्र खर्च भएको छ ।

मधेश प्रदेश लेखा नियन्त्रणको कार्यालय जनकपुरधामले मधेश प्रदेश सरकारको कूल बजेट ४४ अर्ब ११ करोड ४० लाख ३२ हजार रुपैयाँमध्ये उक्त अवधिमा १८.८ प्रतिशतमात्र खर्च भएको जनाएको हो । उक्त अवधिमा चालु खर्चतर्फ २४.६४ प्रतिशत अर्थात ४ अर्ब ४६ करोड ७४ लाख ६८ हजार रुपैयाँ तथा पुँजीगततर्फ १४.४४ प्रतिशत अर्थात ३ अर्ब ६९ करोड २१ लाख ८० हजार रुपैयाँ बजेट खर्च भएको कार्यालयका लेखा अधिकृत मनोज झाले जानकरी दिए ।

मधेस प्रदेशको वर्तमान सरकारमा सम्बन्धित मन्त्रालयमा मन्त्रीको हेरफेर, सचिवलगायत कर्मचारीको अभाव, निमित्तको भरमा मन्त्रालय सञ्चालन हुनु, योजना र बजेट बाँडफाँडलगायत समस्याले लक्ष्यअनुसार विनियोजित बजेट खर्च नभएको उनले बताए ।

चालु आर्थिक वर्षको पूर्ण बजेटमध्ये चालुतर्फ १८ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ तथा पुँजीगततर्फ २५ अर्ब ५७ करोड ७५ लाख ७४ हजार रुपैयाँ अर्थात् ४४ अर्ब ११ करोड ४० लाख ३२ हजार रुपैयाँ कूल बजेट रहेको सो कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा कूल बजेटको ६१ प्रतिशतमात्र खर्च भएको थियो ।

आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी रहेकाले यही अवस्थामा योपटक ५० प्रतिशतसमेत बजेट कार्यावन्यन हुन चुनौती रहेको जानकारहरूको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life