Skip to content
Prabhu

वीरगञ्ज महानगरद्वारा पुँजीगत खर्चमा सामान्य सुधार

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरेर एक अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ । गत आवको तुलनामा पुँजीगत खर्चमा सामान्य सुधार भएको छ ।

महानगरले चालु आवको १० महिनाको अवधिमा चालु र पुँजीगत गरेर कुल विनियोजित बजेटको ५२ दशमलव सात प्रतिशत खर्च भएको जनाएको छ ।

महानगरको गत पुसमा भएको नगरसभाले गत असारमा विनियोजित बजेटमा २५ करोड थपेर तीन अर्ब ४६ करोड रुपैयाँ पु¥याएको थियो । गत असारमा महानगरले चालु आवको लागि ३ अर्ब २१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

महानगरले चालु आवको १० महिनाको अवधिमा चालु खर्चतर्फ २ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा यो अवधिमा चालु खर्चतर्फ १ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेको छ । महानगरले चालु आवमा पुँजीगत खर्चतर्फ भने ८८ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा ३९ करोड २२ लाख रुपैयाँ खर्च गरेको जनाएको छ ।

‘महानगरको गत पुसमा भएको नगरसभाले २५ करोड बजेट थप गर्ने निर्णय ग¥यौँ तर यो आवमा अपेक्षाकृत रूपमा राजस्व सङ्कलन हुनसकेन’, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले भने, ‘सङ्घीय तथा प्रदेश सरकारबाट आउने समानीकरण बजेट पनि २५ प्रतिशत रोक्का हुँदा विकास निर्माणका काम प्रभावित भएका छन् । यद्यपि पुँजीगत खर्चमा सामान्य सुधार भएको छ ।’

यसैबीच, वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal