Skip to content
Prabhu

नेपालको समृद्धिका लागि छिमेकीसँग राम्रो सम्बन्ध आवश्यकः डा भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराईले छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार बनाउन सकिने बताएका छ ।

सो पार्टीको परराष्ट्र मामिला विभागले आज आयोजना गरेको ‘बदलिँदो परिवेशमा विदेश नीतिका मुद्दाहरु’ विषयक छलफलमा प्रमुख डा भट्टराईले छिमेकी भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न आर्थिक कुटनीतिमा केन्द्रित भएर निरन्तर संवाद गरिनुपर्नेमा जोड दिए ।

उनले मुलुकमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता त कहिले कता झुकाव राख्न नहुने उल्लेख गर्नुहुँदै वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्दै नेपाललाई स्वतन्त्रतापूर्वक रूपमा हिँडाउनु पर्ने एमालेको नीति रहेको बताउनुभयो । उनले भारतसँगका असमान सन्धि असमान र असान्दर्भिक रहेकाले परिमार्जन गरेमा पनि जोड दिए ।

चीनसँग बीआरआई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम् लाभ लिनुपर्ने पनि उनको भनाइ थियो । राष्ट्रियसभाका सदस्य डा अञ्जान शाक्यले बदलिँदो परिवेशमा एमालेको विदेश नीति सुस्पष्ट रहेको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal