Skip to content
Prabhu

ठूली भेरी नगरपालिका र मुड्केचुला गाउँपालिकाका ५ सय विद्यार्थीलाई निःशुल्क पोसाक वितरण

 

काठमाडौं । डोल्पाका ६ वटा विद्यालयका ५ सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक वितरण गरिएको छ । जिल्लाको ठूली भेरी नगरपालिका र मुड्केचुला गाउँपालिकाका ६ वटा विद्यालयका ५ सय ५ जना विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक प्रदान गरिएको हो ।

स्थानीय जीवन शाही र नवीन शाहीको पहलमा विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरूबाट सहयोग संकलन गरेर जिल्लाका दुई पालिकाका विद्यालयमा सहयोग गरिएको हो । ठुलीभेरी नगरपालिकाको आदर्श माध्यमिक विद्यालयका १४८, बिडिथान आधारभूत विद्यालयका ११०, गौरी आधारभूत विद्यालयका ६४, मन्मा आधारभूत विद्यालयका ३४, बाबिरो आधारभूत विद्यालयका ५५ र मुड्केचुला गाउँपालिकाभित्र पर्ने मालिका माध्यमिक विद्यालयका ९४ जना विद्यार्थीलाई पोसाक सहयोग गरिएको हो ।

त्यसैगरी मन्मा आधारभूत विद्यालयमा खानेपानी अभाव भएकाले मर्मतका लागि पाइपसमेत सहयोग गरिएको जीवन शाहीले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal