Skip to content
Prabhu

सिटिजन लाइफद्वारा कृत्रिम हात उत्पादन गर्न इ–नेबललाई ४ लाख सहयोग


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा इ–नेबल नेपाललाई ४ लाख रुपैयाँ सहयोग गरेको छ । कृत्रिम हातको उत्पादन गरी जन्मजात अथवा विभिन्न कारणले आफ्नो हात बालबालिकहारुलाई सहयोग गर्न सिटिजन लाइफले इ–नेबल नेपाललाई ४ लाख चेक हस्तान्तरण गरिएको हो ।

सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत(सीइओ)पोषकराज पौडेल साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमालद्वारा इ–नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र महासचिब दिनेश राज भण्डारीलाई चेक हस्तान्तरण गरिएको हो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको यस सहयोगले इ–नेबल नेपाललाई आउँदो समयमा समाजमा रहेका बालबालिकाहरुलाई सहयोग गर्न र सकारात्मक परिवर्तन ल्याउनमा केहि मद्दत हुने इ–नेबल नेपालले आपेक्षा राखेको छ ।

‘अपाङ्गताका कारण कुनैपनी बालबालिकले समाजबाट भेदभाव भोग्नु नपरोस र एक सामान्य व्यक्ति सरि विभिन्न काम गर्न सक्षम भई समाजमा सम्मान रुपमा स्थापित गराउने इ–नेबल नेपालको यस पवित्र उद्देश्यमा साथ दिनु हुन सम्पुर्ण शुभचिन्तकहरुमा आह्वान गर्दछौं’ इ–नेबल नेपालका अध्यक्ष श्रेष्ठले भने ।

ई–नेबल नेपाल सन् २०१८ सालमा स्थापना भएको ई–नेबल नेपालले बिगत ६ वर्षदेखि थ्रीडी प्रिन्ट मेसिनको प्रयोग गरी कार्यात्मक कृत्रिम हातको उत्पादन गरी समाजमा रहेका आर्थिक रुपमा कम्जोर अपांगता भएका बालबालिकाहारुलाई निःशुल्क रुपमा वितरण गर्दै आइरहेको छ । जन्मजात अपांगता भएका लगायत विभिन्न कारणले आफ्नो हात र अंग गुमाएका बालबालिकहारुलाई सहयोग गर्ने मूल नाराका साथ आघि बढको यस गैरसरकारी, गैरनाफामूलक संस्था अहिलेको समयमा लग्भाग १०० वटाभन्दा बडि देशमा कार्यरत छ भने अहिलेसम्म नेपालमै कयौं बालबालिकहारु माझ सहयोग पुर्याउन सफल भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal