Skip to content
Prabhu

मेचीपारिका किसानलाई कृषि सामग्री वितरण

भद्रपुर । भद्रपुर नगरपालिकाले ‘मेचीपारि तरकारी बारी’ पकेट कार्यक्रमअन्तर्गत किसानलाई कृषि सामग्री वितरण गरेको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले आज यहाँ आयोजित एक कार्यक्रममा ती सामग्री वितरण गरेका हुन् ।

मौसमी खेतीमा मात्र निर्भर रहेका कृषकलाई बेमौसमीखेतीतर्फ आकर्षित गरी बढी मुनाफा आर्जन गर्ने उद्देश्यले सिँचाइ पाइप, टप सिँचाइ मोटर, उन्नत बीउ, प्राङ्गारिक मल, स्प्रे ट्याङ्कलगायत सामग्री वितरण गरिएको कृषि विकास अधिकृत सुमन बिमलीले बताए ।

मेचीपारि उत्पादित तरकारी वस्तुउपज नेपाली बजारसम्म ल्याउन पुलको समस्या हुँदा तरकारीउपज बारीमै कुिहने गरेको यहाँका किसानको गुनासो छ । स्थानीय किसान अनय राजवंशीले यहाँको उत्पादनले बजार पायो भने जिल्लाभरिलाई पुग्ने आलुलगायत अन्य तरकारी उत्पादन गर्न सकिने दाबी गरे ।

नगरप्रमुख पोखरेलले भद्रपुरमा संकलन केन्द्र स्थापना गर्दै किसानले उत्पादन गरेको कृषिउपज ढुवानीको व्यवस्था नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कृषकले उत्पादन गरेको कृषी उपज बिक्री नभए नगरपालिकाले समर्थन मूल्य बराबर रकम उपलब्ध गराउने जानकारी दिनुभयो । कृषकलाई ढुक्क भएर तरकारी खेती गर्न नगरप्रमुख पोखरेलले आग्रह गरे।

नगरपालिका कृषि विकास शाखाका अनुसार ‘मेचीपारि तरकारी बारी’ पकेट कार्यक्रम गत आर्थिक वर्षदेखि सञ्चालन हुँदै आएको हो । भद्रपुरको मेचीपारि अधिकांश राजवंशी समुदायको बसोबास रहेको नगर कार्यालयले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal