Skip to content
Prabhu

बिमा प्राधिकरणबाट बिदा भए कार्यकारी निर्देशक राजुरमण पौडेल

 

काठमाडौं । नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल सेवा निवृत्त भएका छन् । उमेर हदका कारण कार्यकारी निर्देशक राजुरमण पौडेलको शनिबारदेखि सेवा निवृत्त भएका हुन् ।

२०५१ सालमा तत्कालिन बीमा समितिको लेखा अधिकृतको जागिरवाट सेवा सुरु गरेका पौडेलले कार्यकारी निर्देशकसम्मको जिम्मेवारी निर्वाह गरेर ३० बर्षको उमेर हदका कारण अवकास लिएका हुन् । प्राधिकरणमा कार्यकारी माताहतको निर्देशकमा चार जना रहने व्यवस्था छ ।

प्राधिकरणमा हालका चार जना निर्देशक मध्ये तीन जना निर्देशक कार्यकारीका लागि योग्य छन् भने एक जनाको अवधि केहि कम छ । निर्देशक कमल प्रसाद रेग्मी, पुजन ढुङ्गेल अधिकारी र निर्देशक दिनेश कुमार लाल कार्यकारीका लागि योग्य छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal