Skip to content
Prabhu

लक्ष्मी सनराइज बैंकको रुद्रमती शाखा फैकामा स्थानान्तरण

 

काठमाडौं । लक्ष्मी सनराइज बैंकले बूढानीलकण्ठ नगरपालिका–१० मा रहेको शाखालाई वडा नम्बर १२ को फैकामा स्थानान्तरण गरेको छ । कपनमा रहेका २ वटा शाखा मध्ये रुद्रमती चोकको शाखालाई फैकामा स्थानान्तरण गरिएको हो ।

स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरुले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सनराइज बैंकको शाखा रहेको स्थान (औरही चोक, हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ ।

हाल बैंकको सञ्जालमा ५९ जिल्लामा २ सय ५५ शाखा, ३ सय १९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १ सय २९ शाखारहित बैंकिङ एजेन्ट छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal