Skip to content
Prabhu

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

 

काठमाडौं । यो साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिराट आएको छ । गत साता ५ प्रतिशतले बढेको नेप्से परिसूचक आइतबार २२ दशमलव १४ अंकमा पुगेको हो ।

आइतबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक २२ दशमलव १४ अंकले घटेर २१०९ दशमलव ३४ अंकमा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १.०३ प्रतिशाले कमी हो । आइतबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ५ अर्ब बढीको कारोबार भएको बजारमा आइतबार भने ४ अर्ब बढीको मात्रै कारोबार भएको छ ।

आइतबार नेप्सेमा ३१५ कम्पनीका १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर ७० हजार ५८६ पटक खरिद बिक्री भएको छ । नेप्समा आज ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा कारोबार भएका कम्पनीमध्ये २१५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने जम्मा २९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४४ अंकले घटेर ३७९ दशमलव २३ विन्दुमा पुगेको छ ।

दोहोरो अंकको गिरावट आएको दिन कालीञ्चोक दर्शन प्रालिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतलको वृद्धि भएको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सबैभन्दा धेरै ६.३६ प्रतिशतको गिरावट आएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal