Skip to content
Prabhu

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई मनाङको फार्म हाउस होटलमा छुट

nabil

काठमाडौं । हिमाल पारिको जिल्ला मनाङमा अवस्थित फार्म हाउस होटलले प्रभु बैंकका कर्मचारी र ग्राहकहरुलाई सेवामा विशेष छुट दिने भएको छ । फार्म हाउस होटल र प्रभु बैंकबीच शुक्रबार एक समारोहबीच सम्झौता भएको हो ।

फार्म हाउस होटलका तर्फबाट प्रोपाइटर समराज गुरुङ र प्रभु बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विधुतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

एग्रो मनाङ प्रालिद्वारा सञ्चालित फार्म हाउस होटल विगत पाँच वर्षयता संचालनमा आएको मनाङ जिल्लाकै सुविधासम्पन्न होटलको रुपमा चिनिन्छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal