Skip to content

सार्वजनिक संस्थानः ३ वटाको कारोबार शून्य, १५ घाटामा रहँदा २६ वटा नाफामा

 

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये तीनवटा संस्थानको कारोबार नै शून्य रहेको पाइएको छ । अर्थ मन्त्रालयले आइतबार संसदमा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा तीन वटा संस्थानको कारोबार शून्य रहेको पाइएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

४४ वटा संस्थानमध्ये २६ संस्थान भने नाफामा रहेको तथ्यांकले देखाएको छ । १५ वटा संस्थान घाटामा सञ्चालन भएका छन् भने ३ वटाको कारोबार नै शून्य रहेको छ । संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६१ अर्ब १ करोड रहेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा सार्वजनिक संस्थानहरूको खुद नाफामा भने वृद्धि भएको छ । यस आवमा संस्थानहरूको खुद नाफा ४८ अर्ब ५१ करोड पुगेको देखिएको छ ।

संस्थानहरुको आयमा उच्च वृद्धि हुनको मुख्य कारण नेपाल आय निगमको उच्च दरको नाफालाई मानिएको छ । अघिल्लो आर्थिक वर्षमा निगम ३८ अर्ब १७ करोड घाटामा रहेको थियो भने गत आर्थिक वर्षमा ११ अर्ब ७२ करोड नाफामा रहेको छ ।

सार्वजनिक संस्थानमा सरकारको कुल लगानी अघिल्लो आवको तुलनामा ८.६२ प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब पुगेको छ । संस्थानमा सरकारको ३ खर्ब ७९ अर्ब सेयर लगानी र २ खर्ब ८१ अर्ब ऋण लगानी रहेको छ । सार्वजनिक संस्थानले कुल ३२ हजार १८० जनालाई रोजगारी दिएको अर्थमन्त्रालयको तथ्यांकले देखाएको छ । सार्वजनिक संस्थानहरूको सञ्चित नाफा ६१ अर्ब १४ करोड पुगेको छ ।

निजीकरण गरिएका १८ वटा संस्थानमध्ये १० वटा नाफामा रहेको पाइएको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्च एक वर्षमा ४३ अर्ब ९० करोड रहेको समेत अर्थ मन्त्रालयको तथ्यांक छ।

बढी नोक्सानी बेहोर्ने संस्थानमा नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट र नेपाल टेलिभिजन छन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्