Skip to content
Prabhu

पसार्मा नेपाल वेयरहाउिजङको अन्न भण्डारण सेवा सुरु , भण्डारण गरेको अन्न धितोमा कर्जा पाइने

पर्सा । पसार्मा किसानले उत्पादन गरेको अन्न सुरिक्षत रुपमा भण्डारणको सुरु भएको छ । पसार्का बिरुवागुठीमा नेपाल वेयरहाउिजङ कम्पनी लिमिटेडले यो सेवा सुरु गरेको हो ।

यस विषयमा जानकारी दिन कम्पनीले शुक्रबार वीरगन्जमा कपोर्रेट मिट आयोजना गरेको थियो । कायर्क्रममा कम्पनी अध्यक्ष आनन्द बगिरयाले पर्सा सहित सुनसरीको गढी र कपिलवस्तुको वीरपुरमा कम्पनीले अन्न भण्डारण गृह निमार्ण गिरसकेको जानकारी दिए । ।

यी तीनवटा भण्डारण गृहको कुल क्षमता ५५ हजार मेट्रिक टन रहेको उनले जानकारी दिए ।

‘सबैभन्दा बढी क्ष मताको वेयरहाउस पर्सामा निर्माण गरी सञ्चालनमा ल्याएका छौं ,’ कायर्क्रममा अध्यक्ष बगिरयाले भने , ‘पर्साको २५ हजार मेट्रिक टन तथा सुनसरी कपिलवस्तुको १५ र १५ हजार मेट्रिक टन क्षमताका छन् ।’

कम्पनीका महाप्रबन्धक सिमरराज सत्यालका अनुसार यी भण्डारण गृहमा गहुँ , मकै र भटमास लगायत सबै किसिमका अन्न भण्डारण
गर्न सकिन्छ ।

यी भण्डारण गृहको सेवा खाद्य उद्योग , व्यापारी , कृषक सबैले नि सक्नेछन् । वेयरहाउसमा भण्डारण गरिएको अन्न धितो राखेर कर्जा लिन सकिन्छ ।

सुविधाले किकसानलाई व्यापारीको मूल्यमा आफ्नो उत्पादन बेच्नुपर्ने मुक्ति दिने अपेक्षा कम्पनीले गरेको छ ।

भण्डारणस्थलको अभावमा िकसानले व्यापारीले तोक्ने सस्तो मूल्यमा आफ्ना उत्पादन बिक्री गर्न बाध्य भएका र कुहिने तरकारी र फलफूल पशुवस्तुलाई खान दिएका खबर बारम्बार आइरहेको सन्दभर्मा सुरिक्षत भण्डारण गृहको सान्दिभर्कता उच्च रहेको महाप्रबन्धक सत्यालले बताए ।

‘वेयरहाउसमा सुरिक्षत भण्डारण गरेको अनाज पिछ राम्रो मूल्य पाएको बेला जहिले पनि बिक्री गर्न सकिन्छ ,यसबाट आफ्नै भण्डारण पूवार्धार नभएका किसान धेरै लाभान्वित हुनेछन् ।’

कम्पनीले बिक्रीका लागि आएको अन्नको लिलाम बढाबढको सेवा पिन उपलब्ध गराउने छ । यसबाट पिन कृषक नै लाभान्वित हुने
देखिनछ । कम्पनीले उच्च प्रविधिबाट कृषि वस्तुको प्रशोधन , भण्डारण गिरएका उत्पादन धितोमा वित्तीय संस्थाबाट ऋण लिने व्यवस्था , कृषकका लािग बीउ, मल, औषधी, उपकरण उपलब्ध गराउने लगायत सेवा दिने सत्यालले बताए ।

कम्पनीका लगानीकर्ता तथा निम्बस ग्रुपका अध्यक्ष जगदीशप्रसाद अग्रवालले खाद्य सुरक्षामा विश्वको ध्यान केन्द्रित भइरहेको अहिलेको अवस्थामा भण्डारण गृहको सान्दिभर्कता अझ बढेर गएको बताए ।

सरकारले खाद्यान्नको न्यूनतम समथर्न मूल्य तोकिरहेकोले खाद्या भण्डारका लागि निजी क्षेत्रले तयार पारेका भण्डारण उपयोग हुनुपर्नेमा उनले जोड दिए ।

सरकारले यस्ता भण्डारणमा लगानी गनुर्भन्दा निजीक्षेत्रको लगानीमा तयार भएका संरचना मितव्ययी हुने प्रस्ट पारे ।

पोस्ट हाभेर्सटमा ३० प्रतिशतसम्म अन्न खेर जाने भन्दै उनले त्यसरी खेर जाने अनाज जोगाउन यस्ता पूवार्धार प्रभावकारी हुने र यसबाट खाद्यान्न उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिने अग्रवालको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal