Skip to content
Prabhu

कतार एयरवेयजको जहाज टर्बुलेन्समा पर्दा १२ जना घाइते

 

काठमाडौं । कतारको राजधानी दोहाबाट उठेको कतार एयरलाइन्सको जहाज हवाई तुफान(टर्बुलेन्स)मा पर्दा १२ जना यात्री घाइते भएका छन् ।

केही दिन अगाडि सिंगापुर एयरलाइन्सको जहाज टर्बुलेन्समा पर्दा एक जना यात्रुको निधन भएको थियो ।

बोइङ ७८७(९ ड्रिमलाइनरले टर्कीको आकाशमा असहज स्थितिको सामना गर्नु परेको थियो ।

स्थानीय समय अनुसार दिउसो १ बजेट विमान अवतरण भएको थियो ।

त्यसपछि विमानस्थल प्रहरी, एम्बुलेन्स र दमकल विभाग जस्ता आपतकालीन सेवाका कर्मचारी त्यहाँ पुगेका थिए ।

रिपोर्टका अनुसार, ट्याब्लेटका कारण ५ जना यात्रु र ५ जना चालक दलका सदस्यहरू घाइते भएका छन्, जसमध्ये आठ जनालाई अस्पताल लगिएको छ।

उडानका क्रममा केही यात्रु र चालक दलका सदस्यहरूलाई सामान्य चोटपटक लागेको छ र उनीहरूको उपचार भइरहेको छ।ू कतार एयरलाइन्सले जारी गरेको विज्ञप्तीमा भनिएको छ । टर्बुलेन्समा जहाज पर्दा जोगिने एकमात्र उपाय भनेको सिल्ट बेल्ट लगाउनु रहेको हवाई क्षेत्रका जानकारहरु बताउँछ्न ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal