Skip to content
Prabhu

आजका लागि विदेशी मुद्राको भाउ कति तोक्यो राष्ट्र बैंकले ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६९ रुपैयाँ ०४ पैसा छ भने बिक्रीदर १६९ रुपैयाँ ८० पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४४ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ २७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८ रुपैयाँ ४९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५३ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३ रुपैयाँ ६४ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ १६ पैसा र बिक्रीदर २८ रुपैयाँ २८ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १२ रुपैयाँ ४९ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३७ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७ रुपैयाँ ०६ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ११ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ४७ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal